Vermicompost : Definition

/ / Compost

👉Vermicompost अर्थात गड्यौला मल पोषण पदार्थले भरिएको एउटा उत्तम जैविक मल हो ।
👉गोबर मल पातपतिंगर, पराल, माटो आदि विभिन्नकुराहरु गड्यौलाले खाएर उत्पादन गरेको मलले माटोलाई मलिलो बनाई त्यसको जैविक गुण बढाउनका साथै बोटविरुवालाई आवश्यक तत्वहरु दिने गर्छ ।
👉गड्यौला मलको प्रयोगले बोटविरुवालाई बलियो बनाउका साथै हाम्रो उत्पादन पनि बढाउदै लैजान्छ ।
👉गड्यौलाले आफुले खाएका जैविक पदार्थ मध्य १०% आफ्नो उर्जाको लागि प्रयोग गरेर बाकि ९०% मलको रुपमा निकाली दिन्छ, जो हामी भर्मी कम्पोस्ट को रूपमा प्रयोग गर्न सक्छौ ।
👉पुर्ण रुपमा मल तयार भएमा यसको आकार चियापत्ताको धुलो जस्तो देखिन्छ र दुर्गन्धरहित हुन्छ ।
👉तरकारी र फुलबारीको लागि प्रत्येक गमला बराबर ३०० ग्राम गाईको मल आवश्यक हुन्थ्यो भने अब १०० ग्राम गड्यौलामललेनै राम्रो उत्पादन दिन सक्छ ।
👉माटो, बोटबिरुवालाई स्वस्थ बनाउन सघाउने यो मल निकै उपयोगी हुनेभएकाले तपाइँ आजैबाट यसको प्रयोग गर्न शुरु गर्न सक्नुहुन्छ!
👉गड्यौला मल वा आवश्यक परामर्शको लागि हामीलाई सम्झनुहोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *