
५ केजि कोकोपिट भिजाएपछि २५ देखि ३० केजिको हुन्छ । तलका सम्पूर्ण अनुपातले भिजाइ सकेपछिको कोकोपिट जनाउछ ।
1. उपलब्ध छ भने राम्रो मलिलो पात पतिङ्गर, ढुङ्गा, ठुटा हटाइएको माटो १ भाग, कोकोपिट १ भाग र कम्पोष्ट १ भाग मिलाउनु पर्छ ।
2. माटो उपलब्ध नभएको खण्डमा कोकोपिट र कम्पोष्ट १ १ भाग मिलाउनु पर्छ ।
3. भर्मीकम्पोष्टमा सामान्यतया कम्पोष्टमा भन्दा बढी पोषण तत्व पाइने हुँदा कोकोपिट २ भाग र भर्मीकम्पोष्ट १ भाग मिलाउनु पर्छ । ( २५ केजिको कोकोपिटमा १० केजि भर्मीकम्पोष्ट यदि फलफूल रोप्ने भए, तरकारी अथवा जडिबुटी (herbs) रोप्ने भए ५ केजि भर्मीकम्पोष्ट र नर्सरीका लागी २.५ देखि ३ केजि भर्मीकम्पोष्ट राख्न सकिन्छ।)
4. लगातार एउटै माटोमा खेती गरिरहदा उत्पादन शक्ति कम हुने भएकाले प्रत्येक बाली पछि प्राङ्गारिक मल थप्ने र माटो परिवर्तन गरिरहनु पर्दछ।