चिप्लेकिरालाई नियन्त्रण गर्ने केहि सरल उपायहरु

/ / Tips and Tricks
metro farm control
1. प्राकृतिक दुश्मन पाल्ने:
डिकोलाईट भन्ने चिप्लेकिरा बोटबिरुवाको सट्टा बोटविरुवा खाने अन्य चिप्लेकिरालाई खान्छ। हाँस र कुखुरा हुने घरमा चिप्लेकिरा जरै बाट हट्ने पाईएको छ।
2. विकर्षक रोप्ने: रोजमेरि, थाईम, स्पेयरमिन्ट जस्ता मिन्टपरिवारका बिरुवाहरुको वास्नाले चिप्लेकिराहरुलाई विकर्षण गर्दछन्। यिनिहरुलाई बालिको बिचबिच बाक्लोगरि रोपिदिने।
3. खस्रो भुई बनाउने: चिप्ले किरा चिल्लो भुईमा हिड्न मन पराउछ, उसको शरीर धेरै नरम हुने हुदा खस्रो कुराबाट हिडे शरीर काटिएर मर्छ। भुई खस्रो बनाउन गिट्टि, अण्डाको बोक्रा वा सिसाको प्रयोग गर्ने ।
4. सहि समयमा सिचाइ : चिप्लेकिरा रातको समयमा धेरै सक्रिय हुने र चिसोमा हिड्ने हुदा साँझ पानी नलगाउनु होला।
5. वियरको पासो:
चिप्लेकिराको लागि बियरको पासो थाप्ने र हरेक दिन बियर बदल्ने गर्नपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *