
खुम्रे किराको नोक्सानी र रोकथामका उपायहरु
परिचय
स्काराबेइडी (Scarabidae) परिवार अन्तर्गत पर्ने खुम्रे माटोमा बस्ने एक विनाशकारी लार्भे किरा हो।बिषेशगरी अन्न तथा तरकारीबालीको जरा नस्ट पारी उत्पादनमा १०५ सम्म क्षति पुराउन सक्ने एक किसिमको किरा हो । हेर्दा बोसो जस्तै देखिने शरीरमा सेतो रंग रटाउकोमा खैरो वा रातो रंग, ३ जोर खुट्टा भएको र छुदा खुम्चिने खालको हुन्छ । यसको व्यस्कलाई खपटे भनिन्छ जुन रातको समयमा सक्रिय हुन्छ र सुख्खा माटो अथवा काचो गोबर अथवा मलमा अण्डा पार्न रुचाउछ ।
प्रभावित बाली
प्याज र लसुन बाहेक सम्पूर्ण तरकारी बाली र मकै
रोकथामका उपायहरु
खेतबारीमा रहेका झारपात तथा अवशेषहरु नस्ट गरी सफा राख्ने ।
गर्मि समयमा गहिरो खनजोत गर्ने ताकी हप्तादिनसम्म खाली राख्दा प्राकृतिकशत्रु चराहरुले माथि सतहमा आएका लार्भाहरु सेवन गरी लार्भाको संख्या घटाइदिन्छ ।
पाकेको गोवर मल वा कम्पोस्ट मात्र प्रयोग गर्ने ।
खुम्रे कीरालाई मन नपर्ने बाली जस्तै प्याज, लसुन, टमाटर र धनिया आदि मुख्य बाली संगै लगाउने ।
नियन्त्रणका बिधिहरु
पूर्णरुपमा खुम्रे किराको नियन्त्रण गर्नका निमित्त व्यस्कखपटेलाई असार देखि श्रावण भित्र तथा खुम्रेलाई श्रावण देखि भाद्र भित्रमा नियन्त्रण गरीसक्नु पर्दछ। घरेलु बिधिबाट नियन्त्रण गर्ने केहि उपायहरु निम्न प्रकारहरु छन् स्
जमिन खनजोत गर्दा देखिएका खुम्रेलाई तत्कालै नस्ट गर्नुपर्दछ ।
माटोमा गहुत, असुरो र चिउरी मिसाउनु पर्दछ ।
केतुको पात पिसेर त्यसको १ भाग ३ भाग पानीमा मिसाई जमिन भिज्ने गरी प्रयोग गर्नुपर्दछ र केतुले छालामा केहि मात्रामा असर गर्ने हुदा साबधानी अपनाउनु पर्दछ ।
राम्रोसग पाकेको गोबर मलको प्रयोग गर्नुपर्दछ ।
जेष्ठ देखि श्रावण महिना सम्म बिशेष गरी प्रजनन समय भएको हुदा खेतबारीमा रहेका घास, पराल र सोत्तरमुनिको जमिनमा अण्डा पार्ने हुदा यो समयमा खेतबारी सफा राख्नु पर्दछ ।
पुनरनभा जातको घासमा खुम्रेले आश्रय लिने हुदा यस घासलाई नस्ट गर्नु पर्दछ ।
बत्तिको पासोको प्रयोग गर्नेस् बत्तिको पासो बनाउनको लागि बारीको सकभर बीच भागमा मचान बनाई एउटा भाडामा पानी राख्ने र त्यसको अलिकति माथि भागमा ५(७ वटा वल्ब राख्ने र उक्त बत्ति रातभर बालेर छोडिदिने र यसो गर्दा जति पनि बयेस्क खपटे प्रकाशमा आकर्षित भएर पानीमा डुबेर मर्छन् । पानीमा तोरीको तेल मिसाउदा बडी उपयुक्त हुन्छ ।विद्युतको पहुच नहुने ठाउमा लाल्टिनको उपयोग गर्न सकिन्छ।